Logo

२५ भदौ, काठमाडौँ । हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाटमा संलग्न २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रलगायत स्थानमा लुटपाटमा संलग्न भएको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि, राजधानीको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले मंगलबार राति पक्राउ गरेको थियो ।

नेपाली सेनाले शान्ति सुरक्षामा खलल पुर्‍याउने, अराजकता र आपराधिक गतिविधिमा संलग्न हुनेप्रति कडा कारबाही गर्ने चेतावनी दिँदै नागरिकलाई संयमित रहन र यस्ता घटनाबारे तत्काल जानकारी दिन आग्रह गरेको छ ।


सम्बन्धित समाचार