Logo

काठमाडौं, भदौ २५ , प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।

भदौ २४ गते, जेनजीको प्रदर्शनका क्रममा भएको आक्रमणमा उनीहरुको ज्यान गएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी विनोद घिमिरेले यस खबरको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई (प्रहरी सहायक निरीक्षक)  र अर्का एकजना जवान रहेको बताइएको छ।

प्रदर्शनको क्रममा अन्य स्थानमा पनि केही प्रहरीको मृत्यु भएको खबर आए पनि यकिन विवरण भने आउन बाँकी रहेको प्रवक्ता घिमिरेले बताए।


सम्बन्धित समाचार