Logo

२५ भदौ,वीरगञ्ज । पर्सा जिल्ला अदालतले आजदेखि अदालतको सम्पूर्ण सेवाहरू स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाली सेनाले वीरगन्जमा लगाएको कफ्र्यूका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै अदालतले यस्तो निर्णय लिएको हो।

अदालतद्वारा जारी सूचनाअनुसार, कफ्र्यूले गर्दा सेवाग्राही र कानुन व्यवसायीहरूलाई अदालतमा आउन–जान समस्या भएको छ। यसैले, अर्को सूचना जारी नभएसम्म नियमित र पूरक पेसी तोकिएका मुद्दाहरूको सुनुवाइ नगरिने अदालतले जनाएको छ।

यद्यपि, यस अवधिमा परेका तारेखहरू भने नगुज्रने अदालतले स्पष्ट पारेको छ। पर्सा जिल्ला अदालतको प्रशासन शाखाले एक सूचनामार्फत यो जानकारी सम्बन्धित सबैलाई गराएको छ।


सम्बन्धित समाचार
भर्खरै