काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र उनको उपचार एक सुरक्षित स्थानमा भइरहेको छ।
मंगलबार बुढानीलकण्ठस्थित उनको निवासमा जेनजी प्रदर्शनकारीहरूले आक्रमण गरेपछि उनलाई उद्धार गरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी रगताम्मे देखिएका थिए । आक्रमणमा घाइते भएका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरुमा छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो ।
स्रोतका अनुसार, सैनिक अस्पतालबाट उनलाई थप उपचारका लागि अन्यत्रै सुरक्षित ठाउँमा सारिएको छ। सरकारका उच्च अधिकारीहरूले पनि उनको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको पुष्टि गरेका छन्। आक्रमणको बेला उनीसँगै रहेकी उनकी पत्नी आरजु देउवा राणा पनि सुरक्षित छिन्।

















