Logo

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा संघीय संसद भवन ध्वस्त भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार भएको तोडफोड र आगजनीका कारण बैठक सञ्चालन गर्न नसकिने भएपछि यो निर्णय गरिएको हो । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

पहिले बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित गरिएको हो। यसअघि भदौ २३ गते बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित गरिएको थियो।


सम्बन्धित समाचार