२५ भदौ, सिन्धुली । सिन्धुली जिल्ला कारागारबाट ४७१ जना कैदी भागेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले कारागारमा विभिन्न सजाय काटिरहेका ती कैदीहरू भागेको पुष्टि गरेका छन् । कारागारभित्र आगजनी र नारा-जुलुस भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
तर, स्थानीय मानिसले सुरक्षाकर्मीलाई घेरा हालेपछि बल प्रयोग गर्न समस्या भएको एसपी सुवेदीले बताए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल हवाई फायर समेत गरेको जनाइएको छ।

















