Logo

२४ भदौ, काठमाडौं । काठमाडौँको सुनधारास्थित केन्द्रीय कारागारबाट ३,८०० मध्ये ३,००० भन्दा बढी कैदीबन्दीहरू फरार भएका छन् ।

यो घटना गए राति करिब ११ बजे भएको हो, जहाँ कैदीबन्दीहरूलेबब कारागारको गेट फोडेर भागेका थिए । फरार हुनेमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू, नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि रहेका छन् ।

यो घटनाको पछाडि नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको खबर प्रमुख कारण रहेको बताइएको छ, जसपछि सुनधाराका कैदीहरूले पनि आन्दोलन सुरु गरेका थिए ।

हाल कारागारमा जम्मा ५०० कैदीबन्दी मात्रै बाँकी रहेका छन् । तीमध्ये भद्र बन्दीगृहमा १००, केन्द्रीय बन्दीगृहमा ३०० र महिला बन्दीगृहमा १०० कैदीबन्दी रहेका छन्। प्रहरीले उनीहरूलाई रोकेको नभई उनीहरू आफैँ स्वेच्छाले बसेको जानकारी प्राप्त भएको छ ।


सम्बन्धित समाचार