२५ भदौ, काठमाडौं । मुलुकमा पछिल्लो दुई दिनदेखि जारी रहेको तनावपूर्ण परिस्थितिका कारण निजी वायुसेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै आन्दोलन र हिंसाका घटनाले यात्रुहरूलाई विमानस्थल आउजाउ गर्न समस्या भएकोले उडान बन्द गरिएको बताएका छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आउनासाथ सबै उडानहरू नियमित हुने जानकारी दिएका छन्। यस सम्बन्धमा यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्कमा रहन र समयमै विमानस्थल पुग्न सहयोग गर्न पनि संघले आग्रह गरेको छ।

















