२५ भदौ, काठमाडौं । जेन जी आन्दोलनकारीको प्रदर्शनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि महत्त्वपूर्ण डिजिटल डाटा सुरक्षित रहेको पुष्टि भएको छ।
एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कम्प्युटर इन्जिनियर दीपेन्द्र रौनियारका अनुसार, सिंहदरबारभित्रका विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्कमा खासै असर परेको छैन ।
डाटा सुरक्षाका लागि हेटौँडामा स्थापना गरिएको डिजास्टर रिकभरी केन्द्र पनि पूर्ण रूपमा सुरक्षित रहेको रौनियारले जानकारी दिएका छन्। उनले नेपाली सेना र स्थानीयको सहयोगमा डाटा केन्द्रहरू आगजनीबाट जोगिएको बताएका छन्।

















