२६ भदौ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई पर्दा पछाडिबाट दुरुपयोग गर्ने प्रयास भइरहेको भन्दै सबैलाई सचेत गराएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले देशको संविधान र संसद् खारेज गर्ने कदमले देशलाई नै संकटमा पार्न सक्ने चेतावनी दिएका छन्।
उनले संविधान खारेज र संसद् विघटन गर्ने कार्यलाई देशको अस्तित्व संकटमा पार्नेु कदमको रूपमा व्याख्या गरेका छन् । यसो भएमा देश थप १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने उनको भनाइ छ। राउतले अहिलेको संक्रमणकालीन अवस्थामा संविधान संशोधनको आवश्यकता भए पनि, अहिले नै संविधानमाथि प्रहार गर्नु उचित नभएको तर्क गरेका छन् ।
राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै तयार रहनुपर्नेमा जोड दिएका छन्। उनले संसद्लाई कायम राखेर अन्तरिम सरकारमार्फत अर्को निर्वाचन गराउनु नै अहिलेको उत्तम विकल्प भएको सुझाव दिएका छन्।

















