२६ भदौ, काठमाडौं । काठमाडौंमा जेनजी आन्दोलनका कारण बन्द भएका बैंकहरू बिहीबारबाट खुल्न थालेका छन्। आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्रै सेवा उपलब्ध हुनेछ।
सीईओहरूको संगठन बैंकर्स संघले आन्दोलनका क्रममा नगन्य क्षति भएको ठहर गर्दै बैंकहरूलाई अधिकतम तीनवटा शाखा खोल्न निर्देशन दिएको छ। यस निर्देशनअनुसार, धेरैजसो बैंकले आजबाट आफ्ना केही शाखा कार्यालयहरूबाट सेवा दिइरहेका छन्। यो सँगै अन्य वित्तीय संस्थाहरूले पनि आंशिक रूपमा काम सुरु गरेका छन्।

















