Logo

२६ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस स्कुल नजिकै एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

उनीहरू आफ्नो छाप्रोमा एउटै पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरेको छ।

हालसम्म मृतकको परिचय खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार