Logo

२६ भदौ,काठमाडौं । काठमाडौंको तीनकुनेमा एक महिला र एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ। दुवै जना एउटै पासोमा झुण्डिएको प्रहरीले जनाएको छ।

नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी हरि खतिवडाका अनुसार, घटनास्थलमा पुगेर प्रहरीले शवको मुचुल्का उठाउने काम गरिरहेको छ। मृतकको उमेर करिब ३० देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ। उनीहरूको परिचय खुल्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा अहिले पनि अनुसन्धान जारी छ। प्रहरीले घटनाको थप विवरण सार्वजनिक गरेको छैन।


सम्बन्धित समाचार
भर्खरै