Logo

२६ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझसम्म देशभरका विभिन्न अस्पतालबाट संकलित विवरण सार्वजनिक गर्दै मृतक संख्या ३४ पुगेको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म आन्दोलनमा घाइते भएका १,३६८ जनामध्ये ३२१ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा सबैभन्दा तनावग्रस्त क्षेत्र काठमाडौंको नयाँ बानेश्वर थियो। संसद् भवन अगाडि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेपछि प्रहरीले बल प्रयोग गर्दै अन्धाधुन्ध गोली प्रहार गरेको थियो। त्यसक्रममा थुप्रै प्रदर्शनकारी घाइते भए।

घाइतेहरूलाई आन्दोलनकारीहरूकै सहयोगमा विभिन्न अस्पताल पु¥याइएको थियो। कतिपयको बाटोमै मृत्यु भएको र केहीको उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।

सुरक्षा निकायले बल प्रयोग गर्नुपरेको बताउँदै आएको छ भने मानव अधिकारकर्मीहरूले भने घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।


सम्बन्धित समाचार