Logo

२६ भदौ, काठमाडौं । नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीहरू भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन् ।

उनीहरूलाई दुई फरक(फरक स्थानबाट पक्राउ गरिएको हो । उनीहरुमध्ये सिद्धार्थनगरबाट आठ जना र महाराजगन्जको सोनौली सीमाबाट चार जनापक्राउ परेका हुन् । पक्राउ परेकामध्ये केही नेपाली र केही भारतीय नागरिक रहेको बताइएको छ। उनीहरू यौन हिंसा, लागुऔषध र चोरीसम्बन्धी अपराधमा जेल परेका थिए। नेपालमा भएका जेल ब्रेकका घटनापछि भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। भारतीय सुरक्षा अधिकारीहरूले नेपालका अपराधीहरूलाई भारतमा कुनै पनि हालतमा आश्रय नदिइने बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै