२६ भदौ, काठमाडौं । प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयलाई लिएर काठमाडौंको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजी आन्दोलनकारीबीच झडप भएको छ।
निषेधाज्ञा लागू गरिएको अवस्थामा पनि दुई समूहबीच विवाद बढ्दै गएर झडपको रूप लिएको हो। घटनाको क्रममा हर्क साम्पाङ समर्थकहरू बढी आक्रामक देखिएको बताइएको छ । स्थिति तनावपूर्ण बनेपछि नेपाली सेनाले सुनधारा सडकमा एम्बुलेन्सबाहेक अन्य कुनै पनि सवारी साधनलाई आवतजावत गर्न दिएको छैन ।
यसैबीच, काठमाडौंकै बबरमहलमा अर्को समूहले राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित छुट्टै प्रदर्शन गरेको छ, जसले उपत्यकामा जारी राजनीतिक तनावलाई थप उजागर गरेको छ।

















