Logo

२६ भदो, काठमाडौं । नेपाल प्रहरीले हालै ‘जेन-जी’ आन्दोलनका क्रममा कारागार र प्रहरी कार्यालयबाट भागेका सबै कैदीबन्दी तथा अभियुक्तहरूलाई तत्काल सम्बन्धित सुरक्षा निकायमा सम्पर्कमा आउन आह्वान गरेको छ।

भदौ २३ र २४ गते भएको हिंसा, तोडफोड र आगजनीका घटनापछि देशभरका कारागार र हिरासतबाट ठूलो संख्यामा कैदीबन्दी भागेका थिए।

प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै भनेको छ, यस किसिमको घटनाबाट भागेका सबै अभियुक्त र कैदीबन्दीहरूलाई थप कारबाहीबाट बच्न र अनुसन्धानमा सहयोग गर्नका लागि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा अन्य सुरक्षा निकायमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको छ।

यस आह्वानले फरार रहेका व्यक्तिहरूलाई स्वयं उपस्थित हुन प्रोत्साहन गर्दै स्थिति सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार