Logo

२६ भदौ, काठमाडौं । देशका विभिन्न कारागार र बालसुधार गृहबाट भागेका १६६ जना कैदीबन्दी मकवानपुरबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मकवानपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दीमध्ये ७८ जना पक्राउ परेका छन् भने अझै ३६२ जना फरार छन्। यस्तै, बालसुधार गृहबाट भागेका ७२ जनामध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ र बाँकी ३१ जनाको खोजी जारी छ।

पक्राउ परेकाहरूमा काठमाडौं उपत्यकाका कारागारबाट भागेका कैदीबन्दीहरू पनि छन्। नख्खु कारागारबाट ७ जना र केन्द्रीय कारागार जगन्नाथदेवलबाट २ जना पक्राउ परेका छन्।

कास्की र तनहुँका कारागारबाट भागेका केही कैदीबन्दी पनि मकवानपुरमै फेला परेका छन्। पक्राउ परेकामध्ये ३५ जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार रहेका अन्य कैदीबन्दीको खोजी कार्यलाई सुरक्षा निकायले तीव्र पारेको छ।


सम्बन्धित समाचार