Logo

२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि पूर्ण रूपमा बन्द रहेको सर्वोच्च अदालतले आगामी आइतबारदेखि आंशिक सेवा सुरु गर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले बिहीबार गरेको निर्णयअनुसार, भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरूको दर्ता र नियमित सुनुवाइ सुरु हुनेछ।

गत मंगलबारको उग्र प्रदर्शनपछि अदालतको सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। अदालतको विज्ञप्तिमा उल्लेख भएअनुसार, यो निर्णय आकस्मिक पूर्ण बैठकको हो र यसले सर्वसाधारणलाई जानकारी गराइएको छ।


सम्बन्धित समाचार