Logo

२६ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले राष्ट्रिय संकट समाधानका लागि तत्काल राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको छ ।

बारले संविधानसभाले बनाएको संविधान, प्रतिनिधिसभा र संघीय संसद् सक्रिय रहेको भन्दै आन्दोलनकारीको माग व्यवस्था परिवर्तन नभई सरकार परिवर्तन रहेको औंल्याएको छ।

यसै सन्दर्भमा, बारले संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्म तथा भावनाभित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम राख्दै यथाशीघ्र सक्षम राष्ट्रिय सरकारको गठन गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ। देशमा देखिएको अनिश्चितता अन्त्य गरी जनतामा विश्वास जगाउनका लागि संवैधानिक प्रक्रियाबमोजिम सरकार गठन गर्नुपर्नेमा बारले जोड दिएको छ।

 

 

 

 


सम्बन्धित समाचार