२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका युवा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् ।
केही दिनअघि जेन जी युवाको प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कार्यालयमा युवाहरूले बिहान पुगेर पार्टीको झण्डा फहराएका हुन् । उनीहरूले बीपी कोइरालाको तस्बिरसहितको ब्यानर पनि राखेका छन्, जसमा लेखिएको छ, उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं।
आगजनीले केन्द्रीय कार्यालयमा ठूलो क्षति पुगेको छ। यस घटनापछि युवा कार्यकर्ताहरूले पार्टीको साख जोगाउन र पार्टीलाई नयाँ ऊर्जा दिन यो कदम चालेको देखिन्छ। यसले पार्टीभित्रको एकता र पुनरुत्थानको भावनालाई पनि उजागर गरेको छ।

















