२६ भदौ, काठमाडौं । रामेछाप जिल्लामा आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यो निर्णय लिएका हुन्। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाले जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा र पाँचजनाभन्दा बढी मानिस भेला हुनमा रोक लगाएको छ।
यसअघि बिहीबार साँझ पनि जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी थापाले शान्ति सुव्यवस्था कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

















