Logo

२७ भदौ, काठमाडौं । नेपालमा सुनको मूल्यले हरेक दिन नयाँ उचाइ चुमिरहेको छ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार, छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। यो मूल्य इतिहासमै सबैभन्दा उच्च हो। विगत केही समयदेखि नै सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ। आजको मूल्यअनुसार, १० ग्राम सुन किन्न १ लाख ८५ हजार १५ रुपैयाँ खर्च गर्नुपर्नेछ। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ।

विश्व अर्थतन्त्रमा देखिएको अस्थिरता र लगानीकर्ताहरूको सुरक्षित लगानीको खोजीका कारण सुनको भाउमा यो किसिमको वृद्धि आएको हुन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार