२७ भदौ, काठमाडौ । नेपालमा चलिरहेको जेन-जी आन्दोलनका क्रममा भएको झडपमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले यो जानकारी दिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा तीन जना प्रहरी र एक जना भारतीय महिलासमेत रहेका छन्। यसरी ज्यान गुमाउनेहरूमा काठमाडौं उपत्यका र बाहिरका नागरिकहरू पनि समावेश छन् ।
आन्दोलनको पहिलो दिन मात्र २१ जनाको मृत्यु भएको थियो, जसमध्ये ९ जना कैदी थिए। यो घटनाले जेन-जी आन्दोलनले लिएको गम्भीर मोड र बढ्दो मानवीय क्षतिलाई उजागर गरेको छ।

















