२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानवाद र विधिको शासनबाट बाहिर जान नहुनेमा जोड दिएका छन् ।
उनीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाटै निकास खोज्न सबैलाई अपील गरेका छन् । दुवै नेताले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्दै उन्नत लोकतन्त्र निर्माणका लागि सबै राजनीतिक दल तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेका छन् ।


















