Logo

२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनले सिंहदरबारमा ठूलो क्षति पुर्‍याएपछि आगामी प्रधानमन्त्रीको कार्यालय निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन मा राख्ने तयारी गरिएको छ।

मुख्यसचिव एकनारायण अर्याल सहित सचिवहरूको एक टोलीले सिंहदरबारस्थित क्षतिग्रस्त भवनहरूको निरीक्षण गरेपछि यो विकल्पबारे छलफल भएको हो । निरीक्षणका क्रममा अन्य कुनै पनि भवनहरू तत्काल प्रयोग गर्न योग्य नभएको पाइएको एक सचिवले बताए ।

बुधबारको आन्दोलनमा सिंहदरबारभित्रका अधिकांश सरकारी भवनमा आक्रमण र आगजनी गरिएको थियो। जसका कारण धेरै मन्त्रालयका महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् भने सरकारी सवारीसाधनमा पनि व्यापक क्षति पुगेको छ।

मुख्यसचिव अर्यालका अनुसार नयाँ प्रधानमन्त्री र मन्त्रीहरू आएपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ। उहाँले प्रशासनिक काम सिंहदरबारबाटै सुचारु गर्ने गरी तयारी भइरहेको पनि जानकारी दिए।


सम्बन्धित समाचार