Logo

२७ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूका लागि काठमाडौं महानगरपालिकाले सहयोगको घोषणा गरेको छ।

महानगरपालिकाले मृतकको शव व्यवस्थापन, आफन्तलाई काठमाडौँसम्म ल्याउने, बस्ने र शवलाई घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको जनाएको छ।

महानगरपालिकाले घाइतेहरूको उपचारका साथै उपचारपश्चात् घर फर्कनका लागि यातायातको व्यवस्था पनि मिलाएको छ।

महानगरपालिकाले पीडित परिवारका साथ मा नगरपालिका रहेको र आफुहरुले पहिलो प्राथमिकतामा राखेर तत्काल आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएकोन छ ।

महानगरपालिकाले पीडित परिवारलाई आवश्यक सहयोगका लागि सम्पर्क नम्बरहरू पनि उपलब्ध गराएको छ।


सम्बन्धित समाचार