२७ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गर्न आफ्ना सल्लाहकारहरूलाई जिम्मेवारी दिएका छन्।
राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरूको टोली भैरवनाथ गणमा सरोकारवालाहरूसँग छलफल गर्न पुगेको छ।
टोलीमा राजनीतिक सल्लाहकारहरु सुनिल थापा, परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर र प्रेस सल्लाहकार किरण पोखरेल रहेका छन् । उक्त टोलीले भैरवनाथ गणमा जेनजीका प्रतिनिधि, राजनीतिक दलका नेता, संविधानविद् र कानुनविद्हरूसँग छलफल गर्नेछ।
यसैबीच, राष्ट्रपति पौडेल स्वयं प्रधानसेनापति अशोक राज सिग्देलसँगको भेटमा घटनाक्रम र भावी कदमबारे जानकारी लिइरहेका छन्। सल्लाहकार टोलीको छलफलबाट आएको निष्कर्ष सुनेपछि राष्ट्रपतिले थप कदम चाल्ने तयारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

















