Logo

काठमाडौं, भदौ २७ ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेन-जी पुस्ताले उठाएका मागहरू वर्तमान संविधानको सही कार्यान्वयन बाटै सम्बोधन गर्न सकिने बताएका छन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले  भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडका घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गरेका छन् । यादवले मुलुकलाई थप संकटबाट जोगाउन नेपालको संविधान २०७२ र त्यसको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र सुरक्षित उपाय भएको भनाइ राखेका छन्। आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र लुटपाट प्रति दुःख व्यक्त गर्दै त्यसको निन्दा गरेका छन् । हिंसामा ज्यान गुमाउने युवा तथा किशोरकिशोरीहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

डा. यादवले राजनीतिक अन्योलको अन्त्य गरी नागरिकको सुरक्षा सुनिश्चित गर्न र मुलुकलाई सुव्यवस्थाको बाटोमा फर्काउन जिम्मेवार निकायले ढिलाइ नगर्ने विश्वास व्यक्त गरेका छन् । उनले व्यवसायिक प्रतिष्ठानहरूमा भएको क्षतिले अर्थतन्त्रमा पारेको प्रभावप्रति पनि गम्भीर हुन सबैलाई आग्रह गरेका छन्


सम्बन्धित समाचार