२७ भदौ,काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार रहेका सबै कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ।
प्रशासनले समयमै नफर्किए भविष्यमा उनीहरूलाई कानूनी अधिकार, सुविधाहरू तथा सामाजिक पुनःस्थापनामा असर पर्ने स्पष्ट चेतावनी दिएको छ।
भदौ २४ गते राति भएको घटनामा रास्वपा सभापति रवि लामिछानेसहित करिब १४ सय कैदीबन्दी नख्खु जेलबाट बाहिरिएका थिए। तीमध्ये केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरिसकेका छन्।
प्राप्त जानकारीअनुसार, पूर्वराज्यमन्त्री सञ्जय टकला लगायत केही फरार बन्दीहरूलाई प्रहरीले काभ्रेको मंगलटार क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
कारागार प्रशासनले बाँकी फरार बन्दीहरूलाई पनि शान्तिपूर्ण रूपमा आत्मसमर्पण गरेर कानूनी प्रक्रियामा सहकार्य गर्न पुनः आग्रह गरेको छ।

















