Logo

२७ भदौ, काठमाडौं । देशभरका २६ वटा कारागार र बाल सुधार गृहबाट भागेका १३ हजार ७७९ कैदीबन्दीमध्ये ११ हजार ४६१ जना अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

विभागका निर्देशक चामेन्द्र न्यौपानेका अनुसार, २४ भदौमा जेन-जी आन्दोलनले उग्र रूप लिएपछि कारागार तोडफोड र आगजनी गरेर कैदीहरू भागेका थिए । फरार हुनेहरूमा सुन तस्कर चुडामणि उप्रेती गोरे र अपहरणकारी उदय सेट्टी जस्ता कुख्यात अपराधीहरू पनि रहेका छन् ।

फरार भएकामध्ये हालसम्म २ हजार ३१८ जना मात्र पक्राउ परेका छन् वा आफैँ फर्किएका छन् । यसले देशको सुरक्षा व्यवस्थामा ठूलो चुनौती थपेको छ।


सम्बन्धित समाचार