Logo

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन-जी आन्दोलनका कारण बैंकिङ तथा वित्तीय क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न थालेको छ।
बैंकका प्रवक्ता किरण पण्डितका अनुसार, यसै सन्दर्भमा गभर्नर विश्वनाथ पौडेलले बैंकर तथा उद्योगीहरूसँग भेटेर क्षतिको अवस्थाबारे जानकारी लिएका छन् । नेपाल बैंकर्स संघका अनुसार, आन्दोलनका क्रममा बैंक तथा वित्तीय संस्थाका ६५ वटा शाखा र एक्सटेन्सन काउन्टरमा क्षति पुगेको छ। यसमध्ये ४० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखा कार्यालय पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन् । यसका साथै, आन्दोलनकारीले देशभरका ४५ वटा एटीएममा पनि तोडफोड गरेका छन् ।

भ्रष्टाचारविरुद्ध सुरु भएको जेन-जी आन्दोलन भदौ २४ गते हिंसात्मक बनेपछि सरकारी कार्यालयसँगै निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरूमा आगजनी र लुटपाट भएको थियो। राष्ट्र बैंकले यसको विस्तृत विवरण तयार गरी आगामी कदम चाल्ने तयारी गरेको छ।


सम्बन्धित समाचार