२७ भदौ,वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्जका एक २२ वर्षीय युवाको गोली लागेर मृ–त्यु भएको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका–१२ का असाहव आलम ठकुराईको काठमाडौंमा मृ–त्यु भएको उनको परिवारले जनाएको छ।
आमा नाजला खातुनका अनुसार, मंगलबार बिहान करिब १० बजे छोरासँग मोबाइलमा कुरा भए पनि त्यसपछि सम्पर्क हुन सकेको थिएन। पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजी गर्दा आसाहवको छातीमा गोली लागेर ज्यान गएको र शव काठमाडौँको शिक्षण अस्पतालमा रहेको जानकारी प्राप्त भएको थियो।
मृ–तककी आमा नाजला खातुनले भनिन्, “मेरो छोराको बिहे भएको दुई महिना दुई दिन मात्रै भएको थियो। ऊ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै पठाओमा काम गर्दैथियो। अब हामीलाई हेरचाह गर्ने कोही रहेन।“
परिवार र आफन्तहरूले हाल मृ–तकको शव वीरगञ्ज ल्याउने तयारी गरिरहेका छन्। आसाहवको निधनको खबरले वीरगञ्जका स्थानीयहरू शो–कमा डुबेका छन्।

















