Logo

२७ भदौ,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कान्तिपुर टेलिभिजनको भवनबाटै पुनः प्रसारण सुरु गरिएको छ।

कान्तिपुर टेलिभिजनका पत्रकार डिपी उपाध्यायका अनुसार, पूर्णरूपमा जलेको थिएन भन्ने एउटा स्टुडियोलाई सञ्चालनयोग्य बनाएर शुक्रबारदेखि प्रसारण पुनः सुरु गरिएको हो।

उक्त स्टुडियोबाटै अहिलेका लागि सम्पूर्ण प्रसारणको व्यवस्था गरिएको छ। स्टुडियोको ब्याकग्राउन्डमा भने आगजनीपछि जलेका संरचना र गाडीहरू देखिनेगरी सेट तयार गरिएको छ, जसले परिस्थितिको गम्भीरता झल्काउँछ।
भदौ २४ गते, जेनजी आन्दोलन चर्किएको दिन, प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनको मुख्य भवनमा आगजनी गरेका थिए।

त्यसपछि टेलिभिजनको प्रसारण पूर्ण रूपमा बन्द भएको थियो। केही दिनसम्म टेलिभिजन नचल्दा दर्शकहरूले अन्य वैकल्पिक माध्यम रोजेका थिए। तर सञ्चार स्वतन्त्रता र जनतासँग जोडिने दायित्वबोधका साथ टेलिभिजनले क्षतिग्रस्त भवनबाटै पुनः प्रसारण सुरु गरेको हो।

प्रसारण पुनः सुरु गर्दा कान्तिपुर टिभीले सामाजिक सञ्जालमार्फत लाइभ स्ट्रिमिङ समेत गरेको थियो। यसले दर्शकमाझ टेलिभिजनको साहस र संकल्प झल्काएको छ।


सम्बन्धित समाचार