Logo

२७ भदौ,काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ५१ जनाको मृत्यु भएको छ, जसमध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रदर्शनकारीसँगको झडपमा तीन जना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। मृतक प्रहरीहरूमा प्रहरी वृत्त महाराजगन्जका दुई र प्रभाग कोटेश्वरका एक जना रहेका छन्।

प्रहरीले बल प्रयोग गर्दा २१ जना प्रदर्शनकारीको मृत्यु भएको डीआईजी घिमिरेले बताएका छन्। यसबाहेक, प्रदर्शनका क्रममा भएको आगजनी, भागदौड र करेन्ट लागेर १८ जनाको मृत्यु भएको पनि प्रहरीले जनाएको छ।

हालसम्म मृत्यु भएका सबैको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।

सनाखत भएका मृतकहरू-

 


सम्बन्धित समाचार