Logo

२८ भदौ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथ लिएको केही घण्टापछि मोदीको शुभकामना सन्देश सार्वजनिक भएको हो।

प्रधानमन्त्री मोदीले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै लेखेका छन्,

“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।”

मोदीको सन्देशमा नेपालप्रति भारतको समर्थन दोहोर्‍याइएको छ, र दुई देशबीचको सद्भाव र सहकार्यप्रति भारतको निरन्तर समर्थन रहने स्पष्ट संकेत गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्की नेपालको इतिहासमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने पहिली महिला बनेकी छिन्। उनकाे नियुक्ति पछिल्लो राजनीतिक परिवर्तन र जेन–जी आन्दोलनको मागअनुसार भएको हो।


सम्बन्धित समाचार