२८ भदौ,काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेकी छन्। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनी वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न गएकी हुन्।
घाइतेहरूसँगको भेटपछि प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ। कोटेश्वरमा प्रदर्शनकारीको आगजनीमा परी केही प्रहरीको मृत्यु भएको थियो।
जेनजी आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौं घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
















