२८ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन–जी आन्दोलनको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ नेताहरूको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ।
पार्टीले शनिबार एक विज्ञप्तिमार्फत घटनाको पुष्टि गर्दै कांग्रेस–एमाले गठबन्धनको ‘कुशासन र अकर्मण्यता’ विरुद्ध माओवादी केन्द्रले आवाज उठाएकै कारण नेताहरू घुसपैठियाहरूको निशानामा परेको दाबी गरेको छ।
“कांग्रेस–एमाले गठबन्धन सरकारको चरम असफलता र जनविरोधी निर्णयहरू विरुद्ध लगातार जनपक्षीय धारणा राख्दै आएको माओवादी केन्द्रमाथि नियोजित रूपमा हमला भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। “प्रचण्ड लगायत शीर्ष नेताहरूको निजी सम्पत्तिमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।”
पार्टीले आन्दोलनमा genuine युवाहरूको सहभागिता रहेको स्वीकार गर्दै केही अवसरवादी र हिंसात्मक समूहले जनआन्दोलनलाई बदनाम गर्न प्रयत्न गरेको आरोप पनि लगाएको छ।
माओवादी केन्द्रले आन्दोलनको नाममा भएको हिंसा, आगजनी, तोडफोड र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमणको भर्त्सना गर्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेको छ।
पार्टीले शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने तर हिंसात्मक गतिविधिलाई प्रतिगमनको अभ्यासका रूपमा लिने चेतावनी दिएको छ।
विवरण हेर्नुस्-
१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी ।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
















