Logo

२९ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः कारागार फर्किएका छन्। जेनजी आन्दोलनको दबाबमा रिहा भएका उनले आइतबार आफैँ घोषणा गर्दै कारागार प्रवेश गरेका हुन्।

लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले साथ दिए। कारागार प्रवेशअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गर्दै लामिछानेले आफूलाई बदनाम गर्ने प्रयास भएकोमा दुखेसो पोखे।

उनले भने, “मलाई बदनाम गर्न देशभरका कैदीहरू मेरो कारण जेलबाट भागे भन्ने भ्रम फैलाउन खोजिएको छ।” यसका बाबजुद, उनले कानूनी प्रक्रियाप्रति आफ्नो आस्था कायमै रहेको र त्यसैले स्वेच्छाले कारागार फर्किएको बताए।

यसअघि, सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको मागसहित सुरु भएको जेनजी आन्दोलनले देशभर ठूलो दबाब सिर्जना गरेको थियो। सोही आन्दोलनको प्रभावस्वरुप सरकारको निर्णयपछि लामिछानेसहित केही नेताहरू रिहा भएका थिए।


सम्बन्धित समाचार
भर्खरै