२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका थप चार जनाको पनि मृत्यु भएपछि यो संख्या बढेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये २१ जना जेनजी युवा, ९ जना कैदी र तीन जना प्रहरी छन् । बाँकी १८ जनाको भने आगलागी र करेन्ट लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा एक भारतीय नागरिक पनि रहेका छन् ।
घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

















