२९ भदौ, काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा जलेको अवस्थामा शव फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी विश्व अधिकारीले जलेर मानव कंकालमा परिणत भएका ६ वटा शव भेटिएको पुष्टि गरेका छन्। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचानका लागि डीएनए परीक्षण गरिने उनले बताए।
भदौ २३ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि जेनजी आन्दोलन थप उग्र बनेको थियो। भोलिपल्ट, भदौ २४ गते देशभर तोडफोड र आगजनी भएका घटनाहरू भएका थिए। प्रहरीका अनुसार आन्दोलनमा हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ।

















