Logo

२९ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभई जनभावनाअनुसार प्रधानमन्त्री बनेको बताएकी छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले आफू सत्ताको रसस्वादन गर्न नआएको र ६ महिनाभन्दा बढी सत्तामा नबस्ने स्पष्ट पारेकी छन् ।

चुनौतीपूर्ण परिस्थितिको जिम्मेवारी

प्रधानमन्त्री कार्कीले आफूलाई जेनजी आन्दोलनको २७ घण्टाको आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी मिलेको बताइन् । उनले आन्दोलनका क्रममा सुरक्षा निकाय, प्रहरी कार्यालय, अदालत र सिंहदरबारसमेत जलाएर नष्ट गरिएकोमा दुःख व्यक्त गरिन्।

शून्यमा पुगेको अवस्था

उनले मुलुकका आवश्यक संस्थाहरूलाई छानिछानी आक्रमण गरिएकोमा चिन्ता व्यक्त गरिन् । हाम्रा सबै रेकर्डहरू नष्ट भए। सर्वोच्च अदालतका फाइलहरू जले। भवन बनाउन सकिएला, तर रेकर्ड जल्दा हामी शून्यमा पुग्यौँ, उनले भनिन्। उनले देशलाई यो संकटबाट पार लगाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताइन् ।

कार्कीले आगामी ६ महिनाभित्र नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पिने आफ्नो अठोट रहेको पनि बताइन् ।


सम्बन्धित समाचार
भर्खरै