२९ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ।
हेटौंडा-२, बुद्धचोकस्थित उनको आफ्नै कपडा पसल ‘बानियाँ ट्रेडर्स’ अगाडि स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुसार, कुटपिट गर्ने ५२ वर्षीय खड्कालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।















