Logo

२९ भदौ, काठमाडौं । यस वर्षको दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ तत्काल नखुल्ने भएको छ। हालैको जेन–जी आन्दोलनका कारण काठमाडौंमा रोकिएका यात्रुलाई सुरक्षित रूपमा बाहिर पठाएपछि मात्रै यस विषयमा निर्णय गरिने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा आइतबार बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो। समितिमा प्रहरी र यातायात व्यवसायीहरू पनि रहनेछन् । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, बैठकले पहिलो एक साताभित्र राजधानीमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्याउने कामलाई प्राथमिकता दिने निर्णय गरेको छ। दसैँको अग्रिम टिकट बुकिङबारे थप छलफल सोमबार हुने बताइएको छ।

बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय पनि गरेको छ। यसले चाडपर्वको समयमा यातायात व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै