Logo

२९ भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च बेहोर्ने निर्णय गरेको छ।

आइतबार पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी दिएकी हुन् । प्रधानमन्त्री कार्कीका अनुसार, मृतकको शवलाई उनीहरूको स्थानीय क्षेत्रसम्म पुर्याउन चाहने परिवारका लागि सवारी साधनको व्यवस्था पनि सरकारले गर्नेछ।

अहिले मृतकका परिवारहरू काठमाडौं उपत्यकामै छन्,’ उनले भनिन्, उनीहरू बसेको, उठेको, खाएको खर्च सरकारले हेरिदिने निर्णय भएको छ।’ यसले शोकमा रहेका परिवारहरूलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै