२९ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ। हालैको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण सेवा अवरुद्ध भएको विभागले जनाएको छ।
आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नआएसम्मका लागि लाइसेन्स छपाइ, वितरण र अन्य सबै सूचना प्रविधिसम्बन्धी प्रणालीहरू बन्द रहने जानकारी गराएको छ।
विभागका अनुसार, तोडफोड, आगजनी र लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरहरूमा ठूलो क्षति पुगेको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र तथा सवारी साधन दर्ता लगायतका सबै सेवाहरू रोकिएका छन्।















