Logo

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूमध्ये २४ जनाको शवको पोस्टमार्टम सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा हालसम्म ४६ वटा शव पुगेका छन्। पोस्टमार्टम गरिएका मध्ये १९ वटा शव आफन्तले बुझिसकेका छन् । फोरेन्सिक विभागका प्रमुख डा.गोपाल चौधरीका अनुसार, यी सबै शव काठमाडौं उपत्यकाका हुन्। यसैगरी, ७ वटा शव भने पूर्ण रुपमा जलेको अवस्थामा छन् ।

डा.चौधरीले चुच्चेपाटीको भाटभटेनीबाट आएका ७ वटा शव कंकालको अवस्थामा रहेकाले तिनीहरूको पोस्टमार्टम गर्न लामो समय लाग्ने बताए। यी शवको पहिचानका लागि डीएनए परीक्षण समेत गर्नुपर्ने हुनसक्छ । उनले मृत्युको कारण स्पष्ट भए पनि, जलेको अवस्थाका शवहरूको पहिचान नै प्रमुख चुनौती भएको बताए ।

शव पहिचान गर्नका लागि उचाइ, तौल, शरीरमा भएका दाग वा ट्याटु जस्ता विवरणका साथै फिंगरप्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षणको सहयोग लिइने जानकारी डा। चौधरीले दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै