Logo

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा भएका तोडफोड र आगजनीले अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्था सुदृढ गर्न नयाँ योजना बनाएको छ।

उपत्यकालाई ८ वटा ‘सेक्टर’ मा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, प्रत्येक सेक्टरको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) स्तरका अधिकारीहरूले गर्नेछन्। हालै पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौं झिकाएर ‘अपरेशन समन्वय’ को जिम्मेवारी दिइएको छ। उनी यसअघि लामो समय काठमाडौंको ‘अपरेशन प्रमुख’ भई काम गरिसकेका अनुभवी अधिकारी हुन्।

सेक्टरअनुसारको जिम्मेवारी

विभिन्न एसपीहरूलाई उपत्यकाका विशिष्ट क्षेत्रहरूको सुरक्षा जिम्मा दिइएको छ। एसपी दीपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्रको जिम्मेवारी दिइएको छ। त्यसैगरी, कवित कटुवाललाई सातदोबाटो, रामेश्वर पौडेललाई दरबारमार्ग, सोह्रखुट्टे र जनसेवा, र रुगम कुँवरलाई बानेश्वर र सिंहदरबार क्षेत्रको जिम्मेवारी दिइएको छ।

एसपी डिबी मल्ललाई बालाजु र स्वयम्भू, केशव भट्टराईलाई गौशाला र बौद्ध, र बालनसिंह राणालाई महाराजगञ्ज र मालीगाउँ क्षेत्रको जिम्मा दिइएको छ। प्रहरीका अनुसार, यी अनुभवी एसपीहरूलाई ध्वस्त भएका प्रहरी युनिटहरूको मर्मत र समग्र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न खटाइएको हो।


सम्बन्धित समाचार
भर्खरै