२९ भदौ, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।
उनले भदौ २४ गते नै राजीनामा दिएको जानकारी आइतबार मात्र राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको जानकारी आज प्राप्त भएको हो। बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।















