२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनले सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतलाई पनि निशाना बनाएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा अदालत परिसरमा भएको आगजनी र तोडफोडले जिल्ला अदालतको कामकारबाही अनिश्चितकालका लागि स्थगित भएको छ। अदालतका संरचना र महत्त्वपूर्ण कागजातहरू जलेकाले सेवा सञ्चालनमा समस्या आएको हो। आइतबार एक सूचना जारी गर्दै अदालतले अर्को सूचना नआएसम्मका लागि सबै सेवा स्थगित भएको जानकारी दिएको छ। यसले न्यायको प्रतीक्षामा रहेका सयौँ सेवाग्राही प्रभावित हुने भएका छन्। यो घटनाले देशको कानुनी प्रणालीमा गम्भीर असर पुर्याएको छ भने शान्तिपूर्ण मानिएको जेनजी आन्दोलनले कसरी हिंसाको बाटो लियो भन्ने प्रश्न खडा गरेको छ।















